दिल्लीको मतगणना सुरु, आम आदमीको अग्रता « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

दिल्लीको मतगणना सुरु, आम आदमीको अग्रता


२८ माघ २०७६, मंगलबार


दिल्ली । भारतको दिल्लीमा भएको विधानसभा निर्वाचनको मतगणना सुरु भएको छ। बिहान ८ बजेदेखि मत गणना सुरु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रारम्भिक मत गणनामा सत्तारुढ दल आम आदमी पार्टीका अग्रता रहेको जनाइएको छ ।

भारतीय रञ्चार माध्यमहरुका अनुसार पछिल्लो अपडेट अनुसार आपले ७० सिट मध्ये ५४ मा अग्रता बनाएको छ। भारतीय जनता पार्टीले १५ र कांग्रेस आईले १ स्थानमा अग्रता बनाएको छ। यही फेब्रुअरी ८ मा विधानसभाका लागि निर्वाचन भएको थियो। बहुमतका लागि ३६ सिट आवश्यक पर्छ।

यसअघि सन २०१५ मा भएको विधानसभा निर्वाचनमा पनि आम आदमी पार्टीले ७० मध्ये ६७ सिटमा जित हात पारेको थियो भने बाँकी ३ सिट भाजपाले जितेको थियो। एजेन्सीको सहयोगमा

Tags :
प्रतिक्रिया दिनुहोस