२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शहीद स्मारक लिग : मनाङ मस्र्याङ्दी विजयी

अ+ अ-

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत एघारौँ चरणको आफ्नो खेलमा मनाङ मस्र्याङ्दी क्लब विजयी भएको छ । न्यूरोड टिमलाई हराउँदै मनाङ मस्र्याङ्दी लिगको तेस्रो स्थानमा उक्लेको हो ।

ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा मनाङले न्यूरोडलाई ४–१ गोलले पराजित गरेको हो ।

मनाङ मस्र्याङ्दीले पहिलो हाफमा दुई गोल गरेको थियो । दोस्रो हाफमा मनाङले थप दुई गोल गर्‍यो । एनआरटीले दोस्रो हाफको अन्तिम समयमा गोल गरेको हो । मनाङ मस्र्याङ्दीका विमल रानाले खेलको ३५औँ मिनेटमा पहिलो गोल गरे । अञ्जन विष्टले खेलको ४३औँ मिनेटमा दोस्रो गोल गरे ।

यस्तै खेलको ६५औँ मिनेटमा नै अञ्जनले व्यक्तिगत दोस्रो गोल गरी मनाङलाई ३–० को अवस्थामा पुर्‍याए । खेल सकिनै लाग्दा न्यूरोडका लागि सकुल रेग्मीले सान्त्वना गोल गरे ।

यस्तै खेलको अतिरिक्त समयमा मनाङ मस्र्याङ्दीका दयानन्द सिंहले चौथो गोल गरे । जितसँगै मनाङ मस्र्याङ्दी २२ अंकका साथ लिगको तेस्रो स्थानमा पुगेको हो । न्यूरोड १५ अंकका साथ लिगको आठौं स्थानमा छ । त्रिभुवन आर्मी क्लब २६ अंकसहित शीर्ष स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस