पपुआ न्यु गिनीमा ६.२ म्याग्नीच्यूडको भूकम्प « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पपुआ न्यु गिनीमा ६.२ म्याग्नीच्यूडको भूकम्प


प्रशासन संवाददाता

२६ माघ २०७६, आइतबार


सिड्नी । पपुआ न्यु गिनीमा आइतबार ६.२ म्याग्नीच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्प निकै शक्तिशाली भए पनि कुनै सुनामीको चेतावनी दिइएको छैन ।

युएसजिएसका अनुसार पपुआ न्यु गिनीको राजधानीबाट करिब १ सय २२ किलोमिटर दक्षिणस्थित कोकोपोलाई केन्द्र बनाएर स्थानीय समय अनुसार अपराह्न ४ बजे भूकम्प गएको थियो ।

अस्ट्रलियाली भूगर्भ वैज्ञानिक ट्रेभर आलेनले भूकम्पको गहिराई कम रहेकाले तटीय क्षेत्रका मानिसले भूकम्पको ठूलै झट्का महशुस गरेको हुन सक्ने बताए ।

मानव बस्ती पातलो रहेको र घरहरुको बनावट भूकम्प प्रतिरोधी रहेकाले धनजनको क्षति कम हुने उनले विश्वास व्यक्त गरे। पपुआ न्यु गिनी भूकम्पीय उच्च जोखिममा रहेको मुलुक हो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस