२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भ्रष्टाचार शून्यमा झार्ने सरकारको प्रतिवद्धता : मन्त्री अर्याल

अ+ अ-

स्याङ्जा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले सरकारको प्रतिवद्धता भ्रष्टाचार शून्यमा झार्ने रहेको बताइकी छन् । स्याङ्जाको हरिनास गाउँपालिका स्थित मातृभूमि माध्यामिक विद्यालयको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री अर्यालले मन्त्री अर्यालले भ्रष्टाचार शून्यमा झार्ने सरकारको प्रतिवद्धता अन्तर्गत नै भर्खरै सरकारले अख्तियारमार्फत नयाँ कदम चालेको बताइन् ।

उनले त्यसको शुरुआत स्वरुप अख्तियारबाट सरकारले कारबाही थालनी गरेको बताइन्। ‘सरकार भ्रष्टाचार शून्यमा झार्ने अभियानमा छ । यो हाम्रो प्रतिवद्धता हो’ मन्त्री अर्यालले भनिन्।

प्राविधिक शिक्षा आजको आवश्यकता भएको भन्दै उनले अब सबै विद्यालयहरुमा प्राविधिक शिक्षाको पढाइ हुनुपर्ने बताइन् । शैक्षिक संस्थाहरुलाई बेरोजगार उत्पादनको केन्द्र बनाइन नहुने उनको भनाई थियो । ‘विद्यालयहरुलाई बेरोजगार उत्पादन गर्ने कारखाना बनाउनु हुँदैन । बिस्तारै सबै विद्यालयमा प्राविधिक शिक्षा लागु गर्ने सरकारको लक्ष्य हो’ उनले भनिन् ।

यसैबीच हरिनासको गाउँपालिकाको छैठौं गाउँसभा एवं हिउँदे अधिवेशनको उद्घाटन गर्दै मन्त्री अर्यालले जनप्रतिनिधिहरुलाई यो वा त्यो नभनिकन विकास निर्माणमा लाग्न निर्देशित गरिन् । निर्वाचनमा जुन पार्टीबाट चुनाव लडेपनि समग्र विकासका निम्ती एकजुट भएर लाग्न मन्त्री अर्यालले निर्देशन दिइन् । ‘अहिलेको मात्र नभएर पचासौं वर्षपछिसम्म काम लाग्ने दिर्घकालिन योजना बनाएर विकास निर्माणका काममा लाग्नुस्’ मन्त्री अर्यालले भनिन् ।

प्रतिक्रिया दिनुहोस