घुससहित दुई प्रहरी पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

घुससहित दुई प्रहरी पक्राउ


२४ माघ २०७६, शुक्रबार


बुटवल । दुई जना प्रहरी घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले रुपन्देहीमा शुक्रबार घुससहित दुई जना प्रहरीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रामनगर ट्राफिक बीटमा कार्यरत असई सूर्यबहादुर अधिकारी र देवदह खैरेनी पोष्टमा कार्यरत प्रहरी जवान छवीलाल पोखरेल रहेका छन् ।

टिपर सञ्चालनमा सहज बनाइदिने भन्दै ५ हजार घुस लिँदै गरेको अवस्थामा आयोगको टोलिले पक्राउ गरेको हो ।

दुबै जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस