१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्वोच्चद्वारा पूर्व राजा ज्ञानेन्द्रकी छोरी प्रेरणाको रिट खारेज

अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतले पूर्व राजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा राज्यलक्ष्मी सिंहले नेपाल ट्रस्टको जग्गा आफ्नो दाइजो दाबी गर्दै पुनः दायर गरेको रिट खारेज हुने फैसला सुनाएको छ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित ५ जनाको संवैधानिक इजलासले यस्तो फैसला सुनाएको हो। यससँगै पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंहले आफ्नो दाबी गरेको काठमाडौँको छाउनीस्थित १५ रोपनी १ आना क्षेत्रफलको घरजग्गा नेपाल ट्रस्टको नाममा ल्याउन बाटो खुला भएको हो ।

शुक्रवारको सुनुवाइ सूचीमा पहिलो नम्बरमा पेशी तोकिएको प्रेरणाको रिटमा राणासहित न्यायाधीशहरू मिरा खड्का, हरिकृष्ण कार्की, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह रहेका थिए।

सरकारले २०६४ पुस १ मा पूर्वराजा वीरेन्द्रको सम्पत्तिका रूपमा रहेको जग्गा नेपाल ट्रस्टमा गाभ्ने निर्णय गरेको थियो। सोही जग्गाअन्तर्गत काठमाडौँ छाउनीस्थित १५ रोपनी एक आना आफ्नो दाबी गर्दै प्रेरणा पहिलो पटक २०७१ माघ २५ मा सर्वोच्च पुगेकी थिइन्।

पूर्व अधिराजकुमारीले अन्तरिम संविधान २०६३ आउनुअघि २०५८ सालमै आफूले सो सम्पत्ति दाइजोमा पाएको भन्दै संविधानसँग ऐन बाझिएको दाबी सहित रिट दायर गरेकी थिइन् ।

उक्त मुद्दामाथि तत्कालीन प्रधानन्यायाधीश रामकुमार शाह र न्यायाधीश चोलेन्द्रशमशेर जबराले प्रेरणाले दाइजो पाएको ठहर गर्दै सो जग्गा उनकै नाममा हुने गरी २०७२ असोजमा फैसला गरेको थियो।

फैसला चित्त नबुझेपछि नेपाल ट्रस्टले पुनरावलोकनको निवेदन हाल्यो। अन्ततः सर्वोच्चले उक्त जग्गा नेपाल ट्रस्टकै नाममा हुने फैसला गर्‍यो ।

तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशहरू दीपक कार्की र सपना मल्लको संयुक्त इजलासले २०७३ पुस २१ गते सो जग्गा ट्रस्टको हुने फैसला गरेको थियो।

तर, आफूले दाइजोको रूपमा पाएको जग्गा सरकारले नेपाल ट्रस्टअन्तर्गत ल्याउन नमिल्ने दाबी गर्दै प्रेरणाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाल ट्रस्टको कार्यालयलगायतलाई विपक्षी बनाई पुनः २०७५ पुस ६ गते रिट दायर गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस