सूचना टाँस गरेर प्रतिनिधिसभा बैठक स्थगन « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

सूचना टाँस गरेर प्रतिनिधिसभा बैठक स्थगन


२४ माघ २०७६, शुक्रबार


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण आज आधा घण्टाको लागि स्थगन गरिएको प्रतिनिधिसभाको दोस्रो बैठक सूचना टाँस गरी स्थगन गरिएको छ ।

संघीय संसद् सचिवालयले टाँस गरेको सूचनामा विशेष कारणबस बैठक बस्न नसक्ने उल्लेख गर्दै सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक यही माघ २६ गते दिउँसो १ बजे बस्ने निर्धारण गरेको जनाइएको छ ।

आजको पहिलो बैठकको प्रारम्भमै काँग्रेसका सांसदहरु आसनबाट उभिएर विरोध जनाएपछि सभामुखले कांग्रेसका सांसद मीनबहादुर विश्वकर्मालाई बोल्न समय दिएका थिए । सांसद विश्वकर्माले कांग्रेसका उपसभापति विजयकुमार गच्छदारविरुद्ध राजनीतिक पूर्वाग्रहबाट प्रेरित भई अख्तियार दुरुपायेग अनुसन्धान आयोगले मुद्दा दायर गरेको भन्दै बैठक सञ्चालनमा सहयोग गर्न नसकिने बताएका थिए । कांग्रेसको विरोधपछि सभामुखले बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए ।

कांग्रेसले सोही विषयलाई लिएर बिहीबारको बैठक पनि अवरुद्ध गरेको थियो । यही माघ २२ गते आयोगले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा उपसभापति गच्छदारलगायत १७५ विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस