२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नागरिकको लगानी राष्ट्र निर्माणमा : मुख्यमन्त्री पोखरेल

अ+ अ-

रुपन्देही । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले नागरिकको लगानी राष्ट्र निर्माणमा प्रयोग गर्ने गरी प्रदेश सरकारले योजना बनाउने बताएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बुटवलमा आज प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ध्रुव मजगैयाँलाई शपथग्रहण गराउँदै मुख्यमन्त्री पोखरेलले नागरिकको लगानी सही ठाउँमा प्रयोग हुने गरी पूर्वाधार विकासका काम अगाडि बढाउनुपर्ने बताए ।

मुख्यमन्त्री पोखरेलले नेपालीहरु किनमेलका लागि भारतीय बजारमा जाने प्रचलनको अन्त्यका लागि सीमा नाकाका शहरमा व्यावसायिक महल बनाउन आवश्यक रहेको धारणा राखे ।’अब किनमेलका लागि नेपाली भारत जाने होइन, भारतीय नेपालमा आउने वातावरण बनाउनुपर्छ ।’

मुख्यमन्त्री पोखरेलले राज्यको सम्पत्ति राज्यकै काममा प्रयोग गर्ने वातावरण तयार गर्नुपर्ने बताए। ‘प्रदेश योजना आयोगले लगानी सम्मेलनसँग जोडिएर आयोजना पहिचान गरिरहेको छ, त्यो सन्दर्भमा आफ्नो सहभागितालाई परिणाममुखी बनाउन जरुरी छ, यसको अगुवाइ पूर्वाधार विकास प्राधिकरणले गर्नुपर्छ’, उनले भने ।

प्रदेश प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत मजगैयाँले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा सँगालेका अनुभवका आधारमा प्रदेशको विकासका लागि काम गर्ने प्रतिबद्धता जनाए । यही माघ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा इन्जिनीयर मजगैयाँलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस