कलंकीको अण्डरपासमा टिपरको ठक्करबाट २ जनाको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कलंकीको अण्डरपासमा टिपरको ठक्करबाट २ जनाको मृत्यु


प्रशासन संवाददाता

२३ माघ २०७६, बिहिबार


काठमाडौं । काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित अन्डरपास सडकमा आज बिहान भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा मोटरसाइकल चालक रौतहट कथहरिया गाउँपालिका–४ निवासी १९ वर्षीय राकेशकुमार चौधरी र सोही मोटरसाइकलमा सवार सोही गाउँपालिका–७ का २४ वर्षीय मुन्ना चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकललाई टिप्परले ठक्कर दिएको र उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस