लुम्बिनी अस्पताल : सर्वोच्चले गर्‍यो अन्तरिम आदेश जारी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लुम्बिनी अस्पताल : सर्वोच्चले गर्‍यो अन्तरिम आदेश जारी


२३ माघ २०७६, बिहिबार


बुटबल । लुम्बिनी प्रादेशिक अस्पतालका व्यवसायिक सटर नभत्काउन सर्वोच्चले अन्तरिम आदेश जारी गरेको छ । अस्पताल प्रशासनले बिहीबार बिहानै सटरहरुमा डोजर चलाएपछि सर्वोच्चले अन्तरिम आदेश जारी गरेको हो ।

गत कात्तिक १८ गते प्रदेश ५ सरकारको मन्त्रिपरिषद वैठकले अस्पतालका सटर मंसिर मसान्तसम्म खाली नगरे डोजर लगाएर खाली गर्ने निर्णय गरेको थियो ।

जिल्ला अदालतको आदेशसँगै अस्पताल प्रशासनले माघ २२ गतेसम्मको समय दिएर ४८ घण्टा भित्र सटर खाली गर्न अल्टिमेटम दिएको थियो ।

उक्त अवधिसम्म पनि व्यवसायीले सटर खाली नगरेपछि अस्पताल प्रशासनले प्रहरीको सहयोगमा बिहानै डोजर चलाएर सटरहरु भत्काउन शुरु गरेको हो ।

यस्तो छ सर्वोच्चको अन्तरिम आदेश :

 

Tags :
प्रतिक्रिया दिनुहोस