२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सामाजिक कुरीति अन्त्यका लागि प्रयास जारी’

अ+ अ-

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले बोक्सी, दाइजो, बाल विवाहलगायत सामाजिक कुरीतिलाई अन्त्य गर्न सरकारले प्रयास जारी राखेकोे बताएका छन् ।

‘नेशनल नेटवर्क फर बेइजिङ रिभ्यू नेपाल’ ले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले नेपालमा अझै सामाजिक कुरीति अन्त्य हुन नसकेकोले सरकारले निरन्तर त्यस्ता विकृति अन्त्य गर्न प्रयास गरिरहेको बताएका हुन् ।

‘समाजमा बोक्सी, दाइजोले महिला पीडित छन्, बालविवाह अपराध हो भन्दा पनि पूर्णरुपमा रोकिएको छैन’, मन्त्री गुरुङले भने, ‘यस्ता कुरीति हटाउन जरुरी छ, सबैले मिलेर पहल गरौँ ।’

मुलुकको समृद्धिमा टेवा दिने गरी समाज सेवाको क्षेत्रलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाइरहेको उल्लेख गर्दै उनले सरकारले नागरिक समाजसँगै सहकार्य गरेर मुलुकलाई अघि बढाउन चाहेको हुँदा उपयुक्त सुझाव लिन आग्रह गरे।

महिलाको विकास, सशक्तिकरणका लागि ‘महिलासम्बन्धी विशेष नीति’ ल्याउन सरकारले तयारी गरिरहेको जानकारी दिँदै मन्त्री गुरुङ्ले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय सङ्कल्प पूरा हुने गरी महिलासम्बन्धी विशेष नीति तथा कार्यक्रम ल्याउन लागिएको स्पष्ट पारे।

चीनको बेइजिङ शहरमा सम्पन्न चौंथो विश्व महिला सम्मेलनको २५ औँ वर्ष प्रवेशको अवसरमा नेपालमा उक्त बैठकबाट पारित भएको घोषणापत्र कार्यान्वयनको सन्दर्भमा सर्वेक्षण गरिएको छ । मन्त्री गुरुङले नेपालको समीक्षात्मक सर्वेक्षण पुस्तिका सो अवसरमा सार्वजनिक गरे।

मन्त्री गुरुङले लैङ्गिक समानताको क्षेत्रमा नेपालले गरेको प्रगति उदाहरणीय रहेको र नेपालले हस्ताक्षर गरेका सन्धि/महासन्धिले उठाएका विषय कार्यान्वयनमा सरकार नागरिक समाजसँग मिलेर काम गर्न तयार रहेको बताए ।

अधिकारकर्मी चाँदनी जोशीले आम नेपाली महिलाको सामाजिक, आर्थिक, शैक्षिकलगायत सम्पूर्ण अधिकार कार्यान्वयनको सन्दर्भमा गरिएको यस अनुसन्धानात्मक प्रतिवेदनले नेपाली महिलाको समग्र अवस्थाको बारेमा बुझाउन सक्षम रहेको बताए ।

महिला विकास र कानून मञ्चका अध्यक्ष मीरा ढुङ्गानाले आमाको नाममा नागरिकता दिने कानून स्पष्ट रुपमा नबन्दा नौ लाख बालबालिका नागरिकताबाट वञ्चित रहेको र आमाको नामबाट नागरिकता बन्ने वातावरण बनाउनुपर्नेमा जोड दिँदै छोरीलाई अंश दिने व्यवस्थाको पनि कडाइका साथ लागू गर्नुपर्ने सुझाव दिए ।रासस

प्रतिक्रिया दिनुहोस