ललिता निवासको अनियमिततामा मुद्दा दायर गर्ने अख्तियारको निर्णय « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

ललिता निवासको अनियमिततामा मुद्दा दायर गर्ने अख्तियारको निर्णय


२२ माघ २०७६, बुधबार


अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा अनियमितता प्रकरणमा संलग्नहरुमाथि भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ । प्रमुख आयुक्त नविन घिमिरेसहित आयुक्तद्वय डा. गणेशराज जोशी र सावित्री थापा गुरुङ सम्मिलित आयोग बैठकले मुद्दा दायर गर्ने निर्णय गरेको हो ।

जग्गा अनियमिततामा संलग्न तत्कालिन मन्त्री र कर्मचारीमाथि कारबाहीको माग गर्दै अख्तियार आरोपपत्र लिएर विशेष अदालत पुगेको हो ।

विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले अख्तियारको आरोपपत्र अदालत आइपुगेको बताए । ‘ फाइल आएको छ, हामी चेक गर्दैछौं’ उनले भने ।

सरकारले अधिग्रहण गरेको १ सय १२ रोपनी जग्गा व्यक्तिको नाममा दर्ता गरी हिनामिना गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको हो।

तत्कालीन मन्‍त्री, सचिव, संलग्‍न कर्मचारीसहित १ सय ७५ जनाविरुद्ध मुद्दा दायर भएको हो । अख्तियारले छानबिनको क्रममा डेढ सयभन्दा बढी व्यक्तिसँग बयान लिएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस