ओमानसँग नेपाल १८ रनले पराजित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ओमानसँग नेपाल १८ रनले पराजित


२२ माघ २०७६, बुधबार


काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल पराजित भएको छ । घरेलु मैदानमा बुधवार भएको खेलमा नेपाल ओमानसंग १८ रनले पराजित भएको हो ।

कीर्तिपुस्थित टीयू मैदानमा नेपालले पहिलो ओडिआई खेलमा टस जित्दै पहिले ओमानलाई ब्याटिङको निम्तो दिएको थियो । ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १९७ रन बनाएको थियो ।

तर मध्यम लक्ष्य पाएको नेपालले शुरुआतमै विकेट गुमाउँदा राम्रो ब्याटिङ गर्न सकेन । नेपालले ४६.५ ओभरमा सबै विकेट गुमाएर १७९ रन मात्र बनाउन सक्यो ।

Tags :
प्रतिक्रिया दिनुहोस