ओमानले नेपाललाई दियो १९८ रनको लक्ष्य « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ओमानले नेपाललाई दियो १९८ रनको लक्ष्य


२२ माघ २०७६, बुधबार


एक दिवसीय क्रिकेट

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत ओमानले नेपाललाई १९८ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपाल र ओमानबीचको जारी खेलमा ओमानले ५० ओभरमा ९ विकेट गुमाएर १९७ रन बनाएको हो । नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको हो ।

नेपालका लागि करण केसीले सर्वा्धिक ४ विकेट लिए । सुशन भारीले ३, दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए । नेपालका चर्चित लेग स्पीनर सन्दीप लामिछाने भने विकेटविहीन बनेका छन् । १० ओभ बलिङ गर्दा बिना विकेट सन्दीपले ४५ रन दिए ।

करणले पहिलो ओभरको अन्तिम बलमा नेपाललाई पहिलो सफलता दिलाएका थिए । त्यसैगरी करणले सातौं ओभरको चौथो बलमा खवार अलिलाई क्याच आउट गराए । तेस्रो विकेटका रुपमा १३औं ओभरमा अकिब इलयास रन आउट भए ।

सुशन भारीले १९औं लगातार २ विकेट लिए । १९ओभरको चौथो र छैटौं बलमा विकेट लिएका हुन् । करण केसीले ४८औं ओभरमा २ विकेट लिए । त्यसैगरी उप कप्तान दीपेन्द्रसिंह ऐरीले ४२औं ओभरमा १ विकेट लिए ।

Tags :
प्रतिक्रिया दिनुहोस