प्रदेश २ का सबै सांसदलाई ल्यापटप, स्वकीय सचिवले चलाउन सिकाउने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रदेश २ का सबै सांसदलाई ल्यापटप, स्वकीय सचिवले चलाउन सिकाउने


२२ माघ २०७६, बुधबार


जनकपुरधाम । प्रदेश २ ले अब सबै सांसदलाई ल्यापटप दिने भएको छ । प्रदेशसभालाई ‘पेपरलेस’ बनाउने उद्देश्यले प्रदेशसभा सचिवालयले सबै सांसदलाई ल्यापटप प्रदान गर्ने भएको हो ।

ल्यापटप आइसकेको भए पनि केही दिनमा सांसदहरुलाई वितरण गरिने सभामुख सरोजकुमार यादवले बताए । उनले प्रदेश सभालाई पेपरलेस बनाउन तथा खर्च जोगाउन सांसदहरुलाई ल्यापटप वितरण गरिने बताए ।

ल्यापटप चलाउन नजान्ने सांसदहरुलाई उनीहरुकै स्वकीय सचिवले ल्यापटप चलाएन सिकाउने छन् ।

कुनै पनि विधेयक कागजी रुपमा अध्ययन गर्दै आएका प्रदेश २ का सांसदले अब ल्यापटपमै अध्ययन गर्ने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस