चीनबाट फर्किने नेपालीलाई विद्युत् प्राधिकरणको तालिम केन्द्रमा राखिने « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

चीनबाट फर्किने नेपालीलाई विद्युत् प्राधिकरणको तालिम केन्द्रमा राखिने


२१ माघ २०७६, मंगलबार


काठमाडौँ । चीनबाट फर्किने नेपालीहरूलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा राख्ने तयारी सरकारले गरेको छ ।

मङ्गलवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सुरक्षा निकायका प्रमुखहरूको बैठकले खरिपाटीलाई सम्भावित स्थलका रूपमा छनोट गरेको हो। अन्तिम निर्णय गर्न भने बाँकी रहेको स्रोतले बताएको छ ।

बैठकले तालिम केन्द्रको पूर्वाधार र अन्य वस्तुस्थितिबारे निरीक्षण गरेर अन्तिम टुङ्गो लगाउने निर्णय गरेको छ स्रोतले भन्यो स्वास्थ्य र भौतिक पूर्वाधार मन्त्रालयका अधिकारीले निरीक्षण गरेपछि यसको अन्तिम निर्णय गरिने छ ।

कोरोना भाइरसको सङ्क्रमण फैलिएको चीनको हुबेइ प्रान्तमा रहेका १ सय ८० विद्यार्थीलाई नेपाल फर्काउने तयारी पुरा भइसकेको त्यहाँस्थित नेपाली राजदूतावासले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस