२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘कोरोनाको जोखिमप्रति पूर्वसतर्कता अपनाएका छौँ’

अ+ अ-

काठमाडौं । नेपालको ‘हस्पिटालिटी’ क्षेत्रमा कोरोना भाइरसको सङ्क्रमणको सम्भावित जोखिम न्यूनीकरणका लागि पूर्वसतर्कता अपनाइएको होटल एशोसिएशन अफ नेपाल (हान) ले जनाएको छ । कोरोना भाइरसको अन्तर्राष्ट्रियरूपमा प्रभाव रहेको भए पनि नेपाल सुरक्षित रहेको भन्दै हानले आज पत्रकार सम्मेलन गरी बजारमा हल्ला भएजस्तो पर्यटकले होटल बुकिङ रद्द नगरेको स्पष्ट पारेको छ । पछिल्लो समय चीनको वहानलगायत विभिन्न प्रान्तमा फैलिएको कोरोना भाइरसका कारण नेपालको होटल बुकिङ रद्द गरेको समाचार सार्वजनिक भइरहेको सन्दर्भमा हानले आफ्नो धारणा बाहिर ल्याएको हो ।

हानका अध्यक्ष सिर्जना राणाले कोरोना भाइरसको प्रभाव नेपालमा नरहेको बताउँदै त्यस्ता लक्षण देखिएमा उपचारका लागि सचेत रहेको बताए । उनले नेपाल सुरक्षित रहेको र सम्भावित जोखिमका लागि पनि सचेत रहेकाले पर्यटन क्षेत्रमा केही असर परे पनि आत्तिनुपर्ने अवस्था नरहेको उल्लेख गरे ।

पत्रकार सम्मेलनमा नेपाल भ्रमण वर्ष २०२० का राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले कोरोना भाइरसले चीनको तत्कालीन बजारलाई केही असर परे पनि केही समयपछि अन्त्य हुने विश्वास लिएको बताए । उनले चिनियाँ पर्यटकलाई बुद्धजयन्तीको अवसरमा नेपालमा ल्याउने वातावरण बनाउन नयाँ कार्यक्रम तय गरिएको जानकारी पनि दिए ।

हानका प्रथम उपाध्यक्ष विनायक शाहले नेपाल आउने पर्यटकको स्वास्थ्य परीक्षणलगायत पूर्वसतर्कताको काममा सदस्य होटललाई आग्रह गरिएको बताए । बेलाबेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मा देखा पर्ने विभिन्न किसिमका रोग तथा आपत्विपत्को सामना गरी पर्यटन व्यवसायी अगाडि बढिरहेको सन्दर्भमा आज पनि सोही प्रकृतिको अवस्थालाई सामना गरी अगाडि बढ्ने हानले जनाएको छ ।

‘नेपाल कोरोना भाइरसबाट अहिलेसम्म असुरक्षित नरहेको सरकारले प्रष्ट पारिसकेको छ । भ्रमण वर्ष सचिवालयले आधिकारिक सूचना जारी गरेको र हानले पनि आफ्ना सदस्य होटललाई कुनै पनि पाहुनालाई कोरोना भाइरसको पूर्वसावधानी अपनाउन र सङ्केत देख्ने बित्तिकै अस्पताल लैजान परिपपत्र गरिसकेका छौँ, हालसम्म कुनै पनि होटलमा कोरोना भाइरसको सङ्क्रमण नभएका स्पष्ट गर्न चाहन्छौँ’ विज्ञप्तिमा भनिएको छ ।

भ्रमण वर्ष सचिवालयसँगको सहकार्यमा कति पनि विचलित नभई छिमेकी मुलुक भारत, बङ्गलादेश, मध्यपूर्व, दक्षिण पूर्वी एशियालगायत अन्य विभिन्न मुलुकबाट पनि लक्ष्यअनुसारको पर्यटक भित्र्याउन लागि पर्ने जनाइएको छ । तत्कालै अन्य पर्यटन स्रोत बजारको पहिचान र प्रवर्द्धनका निम्ति सरकार, हवाई कम्पनीलगायत सबै सरोकारवालासँग छलफल गरी विशेष पर्यटन प्याकेजको तयारी गरिएको पनि संस्थाले जनाएको छ ।रासस