गोठमा आगलागी हुँदा जुम्लामा एक महिलाको मृत्यु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

गोठमा आगलागी हुँदा जुम्लामा एक महिलाको मृत्यु


प्रशासन संवाददाता

२१ माघ २०७६, मंगलबार


खलङ्गा । जुम्लाको कनकासुन्दरी गाउँपालिका-२ मालिकाबोतामा आगलागी हुँदा एक महिलाको मुत्यु भएको छ ।

प्रेम ऐडीको एकतले गोठमा आगलागी हुँदा उनकी श्रीमती ४५ वर्षीया भेटेनी ऐडीको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिए ।

आगलागीबाट एक गोरु र एक कुखुरासमेत जलेका छन् । सोमबार राति १० स् ३० बजे गोठमा आगलागी हुँदा ऐडी गोरु फुकाउन जाँदा निस्सासिएर मुत्यु भएको प्रहरीले जनाएको छ ।

आगलागी भएको स्थलतर्फ प्रहरी निरीक्षकसहित सातजनाको टोली पठाइएको प्रहरी नायब उपरीक्षक धामीले बताए । आगलागी हुनाका कारण र क्षतिको विवरणबारे मुचुल्का उठाउन प्रहरीको टोली जिल्लाबाट घटनास्थलमा पठाइसकेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस