सभामुख सापकोटा र जापानी राजदूतबीच भेटवार्ता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सभामुख सापकोटा र जापानी राजदूतबीच भेटवार्ता


२१ माघ २०७६, मंगलबार


काठमाडौं । नेपालका लागि जापानी राजदूत मासामिची साइगोले प्रतिनिधिसभा सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका छन् ।

मंगलबार बिहान सभामुखको कार्यकक्षमै पुगेर राजदूत साइगोले भेट गरेका हुन् । भेटमा राजदूत साइगोले नेपालको आर्थिक, सामाजिक, सुशासन र प्रविधिको क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

विशेषगरी नेपालमा प्रविधि र तालिमका लागि जापानले सहयोग गर्ने उनले बताए । सभामुख सापकोटासँग यसअघि चीन र भारतका राजदूतहरूले शिष्टाचार भेट गरिसकेका छन् । सापकोटा माघ १२ गते

सभामुखमा निर्वा्चित भएका हुन् । सभामुख सापकोटाले नेपाल र जापानको सम्बन्ध निकै पुरानो भएको स्मरण गर्दै दुई देशबीचको सम्बन्ध र सहकार्य अझ बयियो बनाउनुपर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस