प्रतिनिधिसभा बैठक बस्दै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रतिनिधिसभा बैठक बस्दै


२१ माघ २०७६, मंगलबार


काठमाडौं । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने छ ।

आज बस्ने बैठकमा विभिन्न विधेयक र विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेश हुनेछन् ।

बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले विभिन्न ८ वटा विधेयक प्रस्तुत गर्ने कार्यसूची छ।

यस्तै महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले ज्येष्ठ नागरिक (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०७६ पेश गर्ने छिन् ।

शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले पारमाणविक विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०७६ पेश गर्ने कार्यसूचीमा उल्लेख छ।

Tags :
प्रतिक्रिया दिनुहोस