नक्कली कागजात बनाएर म्यानमार जानलागेका दुई नेपाली महिला भारतबाट पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नक्कली कागजात बनाएर म्यानमार जानलागेका दुई नेपाली महिला भारतबाट पक्राउ


२१ माघ २०७६, मंगलबार


पक्राउ

काठमाडौं । नक्कली पासपोर्ट र कागजात बनाएर भारत हुँदै म्यानमार जान लागेका दुई नेपाली महिला पक्राउ परेका छन् ।

भारतीय मिडिया द हिन्दूका अनुसार ३६ वर्षीया कविता घिसिङ र ३१ वर्षीया एस. सरस्वती पक्राउ परेका हुन् । उनीहरुको नेपालको ठेगाना भने खुलाइएको छैन ।

आइतबार साँझ म्यानमारका अध्यागमन अधिकारीहरुले अन्तर्राष्ट्रिय गेटमा खटिएका भारतीय अधिकारीहरुलाई नक्कली कागजातसहित जिम्मा लगाइदिएको जनाइएको छ ।

घटनाबारे मणिपुरको सीमावर्ती शहर मोरेह प्रहरी स्टेशनमा उजुरी दर्ता गरेर थप अनुसन्धान भइरहेको उल्लेख गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस