भन्सारमा कार्यरत नासु डेढ लाख घुससहित पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भन्सारमा कार्यरत नासु डेढ लाख घुससहित पक्राउ


२१ माघ २०७६, मंगलबार


घुस

जनकपुरधाम । भन्सारमा कार्यरत नायब सुब्बा डेढलाख घुससहित पक्राउ परेका छन् ।

जनकपुरधाम भन्सार कार्यालयमा कार्यरत नायव सुब्बा अहमद रज्जा अन्सारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको हो ।

उनलाई सोमबार साँझ सेवाग्राहीबाट १ लाख ५० हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ गरेको आयोगले जनाएको छ ।

आयोगको बर्दिवासबाट खटिएको टोलीले जनकपुरधामको पिडारी चोकबाट नियन्त्रणमा लिएको जनाएको छ ।

नियन्त्रणमा लिएका अन्सारीमाथि अनुसन्धान भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस