२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अन्तर्राष्ट्रिय त्रिपिटक वाचनका लागि सेनाद्वारा सरसफाइ

अ+ अ-

काठमाडौं । चारुमती बुद्धिष्ट मिसन नेपाल र थाइ इण्डो चाइना फ्रेण्डसिप एसोसिएशनको संयुक्त आयोजनामा यही माघ २५ र २६ गते चाबहिलस्थित चारुमती विहारमा हुन लागेको अन्तर्राष्ट्रिय त्रिपिटक वाचन कार्यक्रमको तयारीका लागि नेपाली सेनाले आज सरसफाइ गरेको छ ।

नेपाल भ्रमण वर्षलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्न बौद्ध साहित्यको पाठ गर्न लागिएकाले कार्यक्रमलाई व्यवस्थित बनाउन विहार आसपास क्षेत्रमा सफाइ गरिएको हो । विहारका पदाधिकारी तथा स्थानीयवासीको समेत सहयोग रहेको सरसफाइ कार्यक्रममा त्यस क्षेत्रमा रहेका प्लास्टिक, बोरा र सिसाका टुक्रा सङ्कलन गरी त्यसको व्यवस्थापन गरिएको थियो ।

शाक्यमुनि बुद्धले बोधिसत्व प्राप्त गरेपछि जीवनको अन्तिम समयसम्म दिएका प्रवचन तथा उपदेशलाई बौद्ध शिक्षाका रुपमा लिइएको छ । बुद्ध धर्ममा ज्ञान, ध्यान, धार्मिक, दर्शन, भिक्षुका आचारसंहितासम्बन्धी विषयलाई अभिधर्म, सूत्र र विनय गरी तीन भागमा सङ्ग्रह गरिएको छ । बौद्ध धर्मको पुरानो ग्रन्थ त्रिपिटक तीन भागमा समेटिएको छ । त्रिपिटक पाली भाषामा लेखिएको महत्वपूर्ण ग्रन्थ हो ।

यो अन्य भाषामा समेत अनुवाद गरिएको छ । अन्तर्राष्ट्रिय तहका भिक्षुले उक्त ग्रन्थका केही वाक्यांश (पाठ) लाई सामूहिक रुपमा वाचन गरी विश्व शान्ति तथा राष्ट्रिय कल्याणका लागि कामना गरिनेछ ।

कार्यक्रमको प्रचारप्रसारबाट देशविदेशका बौद्ध धर्मावलम्बीको ध्यानाकर्षण गरी स्वदेशमा धार्मिक पर्यटन अभिवृद्धि हुने विश्वास लिइएको छ । नेपाल, भारत, श्रीलङ्का, थाइल्याण्ड, म्यान्मा र लाओसका करिब २०० भिक्षुभिक्षुणीको सो कार्यक्रममा सहभागिता रहनेछ । यही माघ २५ गते बहान चारुमती विश्व साइकल यात्रा गरी दिउँसो त्रिपिटक वाचन गरिने कार्यक्रमका संयोजक भिक्षु तपस्सी धम्मले जानकारी दिए। चाबहिलदेखि शुरु हुने साइकल यात्रा गौशाला, एयरपोर्ट, ग्वार्को, सातदोबाटो, लगनखेल स्तूप हुँदै विभिन्न बौद्ध सम्पदास्थलमा पुगेर पुनःकार्यक्रस्थलमा आउने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस