झलनाथको अध्यक्षतामा एमसीसी कार्यदलको पहिलो बैठक बस्यो « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

झलनाथको अध्यक्षतामा एमसीसी कार्यदलको पहिलो बैठक बस्यो


२० माघ २०७६, सोमबार


काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा गठित एमसीसीसम्बन्धी अध्ययन कार्यदलको पहिलो बैठक सोमबार काठमाडौंमा सम्पन्न भएको छ ।

बैठकमा संयोजक झलनाथ खनाल र सदस्यद्वय भीम रावल र प्रदीप ज्ञवालीको उपस्थिति थियो ।

एमसएसीबारे अध्ययन गरेर मात्रै यसलाई संसदले पारित गर्नु पर्ने नेकपाको केन्द्रीय समिति बैठकमा मत प्रकट भएपछि झलनाथ खनालको नेतृत्वमा आइतबार तीन सदस्यीय अध्ययन कार्यदल बनेको हो ।

खनाल नेतृत्वको समितिले १० दिनभित्र यससम्बन्धी पार्टीलाई प्रतिवेदन बुझाउने र त्यसपछि बल्ल प्रक्रिया अघि बढ्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस