कोरोना भाइरस : चीनले बनाएको अस्पताल आजबाट सञ्चालनमा आउँदै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कोरोना भाइरस : चीनले बनाएको अस्पताल आजबाट सञ्चालनमा आउँदै


२० माघ २०७६, सोमबार


काठमाडौं । चीनले १० दिनमा तयार गरेको अस्पताल आजदेखि सञ्चालनमा आउने भएको छ । कारोना भाइरसको संक्रमण न्यूनीकरणका लागि वुहानमा निर्माण गरिएको १ हजार शैय्याको अस्पताल सोमबारबाट सञ्चालनमा ल्याउने तयारी गरिएको हो ।

अस्पतालको सम्पूर्ण निर्माण कार्य पूरा भएको छ र अस्पताल बिरामीको उपचारका लागि तयार भएको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् ।

संक्रमितको उपचारमा तालिमप्राप्त १४०० सैनिक मेडिकल स्टाफ नयाँ अस्पतालमा आइपुगेका छन् । यिनैले नयाँ अस्पतालसँगै अन्य क्षेत्रका बिरामीको उपचार गर्नेछन् ।

कोरोना भाइरस संक्रमितको उपचारका लागि दोस्रो अस्पताल पनि तिव्र गतिमा निर्माण भइरहेको बीबीसीले जनाएको छ ।

दोस्रो अस्पताल बुधबारसम्ममा निर्माण सम्पन्न भइसक्ने जनाइएको छ ।

डिसेम्बर अन्तिम सातादेखि चीनको वुहानबाट कोरोना भाइरसको संक्रमण फैलिएपछि यो विस्वमै घातक बनेको छ। चीनमा मात्रै यो भाइरसका कारण ३ सय ६१ जनाको ज्यान गएको छ भने १७ हजार मानिस संक्रमित भइसकेका छन् ।

चीनबाहेकका अन्य २२ देशमा पनि कोरोना भाइरसको संक्रमण भेटिएको छ । चीनबाहिर को देश फिलिपिन्समा पनि कोराना भाइरसका कारण शनिबार मात्रै एक जनाको मृत्यु भएको थियो ।

कोरोनाको प्रकोप फैलिएपछि विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटकाल घोषणा गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस