चीनमा रहेका नेपालीको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी चीनले नै लिने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

चीनमा रहेका नेपालीको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी चीनले नै लिने


१८ माघ २०७६, शनिबार


काठमाडौँ । चीनको वुहानमा रहेका सबै नेपालीको सुरक्षाको ग्यारेन्टी चीन सरकाले लिने बताएको छ ।

शुक्रबार नेपालस्थित चिनियाँ दूतावासले एक विज्ञप्ति जारी गर्दै वुहानसहित चीनमा रहेका सबै नेपालीको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी लिने बताएको हो ।

साथै दूतावासले कोरोना भाइरसको प्रकोप रोक्न, नियन्त्रण र व्यवस्थापन गर्न सकिने खालको भएको जनाएको छ । कोरोना भाइरसलाई जितेरै छाड्‍ने आत्मविश्वास आफूहरुसँग भएको चीनले बताएको छ ।

यस्तै, चिनियाँ विदेश मन्त्रालयले आपत्कालीन उद्दारका लागि सबैसँग समन्वय गर्ने प्रतिवद्धता जनाएको छ । चीनले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) सँग मिलेर नेपालले कोरोना भाइरस रोकथामका लागि चालेका कदमको प्रशंसा गरेको छ । तत्काल केही सहयोगको आवश्यक परे काठमाडौंस्थित चिनियाँ दूतावास र विदेश मन्त्रालयलाई सम्पर्क गर्न पनि चीनले आग्रह गरेको छ ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार शनिबार बिहानसम्म चीनमा कोरोना भाइरसले मृत्यु हुनेको संख्या २५९ पुगेको छ । त्यस्तै ११ हजार ७ सय ९१ व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि  विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ घोषणा गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस