फेसबुक, ट्विटर र युट्युबमा विज्ञापन गरे कारबाही « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

फेसबुक, ट्विटर र युट्युबमा विज्ञापन गरे कारबाही


१७ माघ २०७६, शुक्रबार


काठमाडौँ । फेसबुक, ट्विटर, युटुव, गुगल जस्ता सामाजिक सञ्जाल तथा इन्टरनेटमा विज्ञापन गरे कारबाही हुने भएको छ ।

अनौपचारिक माध्यमबाट विदेशमा भुक्तानी पठाउने र विदेशबाट त्यसरी रकम प्राप्त गर्ने कार्य गैरकानूननी भएको भन्दै राष्ट्र बैङ्कले कडाइ गर्न खोजेको हो ।

नेपाल राष्ट्र बैङ्कले एक सूचना प्रकाशित गर्दै यस्तो कारोबारबाट विदेशी विनियम अपचलन हुने भएकोले कसैले त्यसरी कारोबार गरेको पाइएमा विदेशी विनिमय ऐन, २०१९ र प्रचलित कानुनबमोजिम कारबाही हुने जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस