२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरीको सई भनी ठगी गर्ने पक्राउ

अ+ अ-

काठमाडौं । नेपाल प्रहरीको प्रहरी नायब निरीक्षक (सई) भनी ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले ‘नेपाल प्रहरीको सई हुँ, एयरपोर्टमा कार्यरत छु’ भन्दै सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाका लक्ष्मण गिरीलाई ठगी गर्ने रामेछापका २६ वर्षीय राजु कार्कीलाई बिहीबार साँझ कलङ्कीबाट पक्राउ गरेको हो ।

महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले पक्राउ कार्कीले आफू सई भएको र आफ्नो खातामा ३० लाखभन्दा बढी रकम रहेकामा छानबिन हुने डरले गिरीलाई रकम पठाउनका लागि दुवै व्यक्तिबीच बैंकको ट्रान्जेशन हुनुपर्छ भनी गिरिसँग तीन लाख लिएर ठगी गरेको बताए । ‘गिरीसँग कार्कीले ३ लाखको चेक लिएर नेपाल बैंक लिमिटेड कालीमाटीमा पैसा साटी ठगी गरेको अनुसन्धानमा खुलेको छ’, उनले भने । पक्राउ परेका कार्कीलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाएको महाशाखाले जनाएको छ ।

प्रहरीले पक्राउ परेका कार्कीसँग नगद रु ७ हजार ५००, मोटरसाइकल एक, मोबाइल सेट एक र मोटरसाइकलको ब्लू बुक एक थान बरामद गरेको छ । पक्राउ परेका कार्की यसअघि पनि ठगी मुद्दामा ६ महिना कैद र रु ६८ हजार धरौटीमा छुटेका व्यक्ति हुन् ।

प्रतिक्रिया दिनुहोस