जीवनमा प्रयोग हुने शिक्षा आवश्यक : पूर्वराष्ट्रपति यादव « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

जीवनमा प्रयोग हुने शिक्षा आवश्यक : पूर्वराष्ट्रपति यादव


प्रशासन संवाददाता

१७ माघ २०७६, शुक्रबार


तनहुँ । पूर्वराष्ट्रपति डा.रामवरण यादवले प्राविधिक शिक्षालाई प्राथमितामा दिनुपर्ने बताएका छन् । तनहुँको भानु नगरपालिका–११ स्थित त्रिभुवन माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहलाई बिहीबार सम्बोधन गर्दै उनले विद्यालयमा अनिवार्यरुपमा प्राविधिक र रोजगारमुखी शिक्षा लागू गर्नुपर्छ भने।

पूर्वराष्ट्रपति यादवले भने ‘आफ्नो जीवनमा प्रयोग हुने शिक्षा दिन आवश्यक छ ।’ नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले आफ्नो ठाउँ आफैँ बनाउने अभियानमा सबै लाग्नुपर्छ भने।

विद्यालय व्यवस्थापन समितिको अध्यक्ष नवराज श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा भानु नगरपालिकाका प्रमुख उदयराज गौली, कांग्रेसका जिल्ला पूर्वसभापति रघुनाथ पौडेल, पूर्वसांसद उर्मिला थापा, नेपाल महिला संघको केन्द्रीय प्रतिनिधि एवं कांग्रेस महाधिवेशन प्रतिनिधि चिनु पोखरेललगायतका वक्ताले विद्यालयको समग्र विकासको लागि निरन्तर लाग्नुपर्नेमा जोड दिए।

Tags :
प्रतिक्रिया दिनुहोस