२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रको फराकिलो राजमार्गमा आइपुगेको छ : मुख्यमन्त्री पौडेल

अ+ अ-

हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले इतिहासका अनेकौँ चुनौतिपूर्ण क्षणको सामना गर्दै देश संघीय लोकतान्त्रिक गणतन्त्रको फराकिलो राजमार्गमा आइपुगेको बताएका छन् ।

शहीद दिवसका अवसरमा प्रदेश सरकारद्वारा आयोजित सभामा मुख्यमन्त्री पौडेलले लोकतन्त्र, समानता तथा सामाजिक न्यायका लागि भएका आन्दोलनमा आफ्नो निजी आकाङ्क्षालाई तिलाञ्जलि दिँदै अमूल्य जीवन देश र जनताको हितका लागि उत्सर्ग गर्ने महान शहीदलाई सम्मान गर्दै शहीदको त्याग र योगदानको चर्चा परिचर्चा तथा उनीहरुको सपना पूरा गर्ने सङ्कल्पका साथ उपस्थित भएको बताए ।

उनले अधिकार प्राप्तिका लागि विसं १९९७ देखि हालसम्मका सम्पूर्ण जनसङ्घर्षमा शहादत प्राप्त गरेका शहीदप्रति हार्दिक सम्मान एवं श्रदासुमन व्यक्त गरे । मुख्यमन्त्री पौडेलले देश वर्तमान अवस्थासम्म आइपुग्दा नेपाली जनताको बलमा निरङ्कुश एवं स्वेच्छाचारी शक्तिलाई घुँडा टेकाउँदै व्यवस्था परिवर्तनको आन्दोलनलाई गन्तव्यमा पुर्‍याएको उल्लेख गरे ।

अधिकारका मुद्दालाई संविधानमा लिपिबद्ध गरेको तथा सम्बोधन गरेको भन्दै पौडेलले हामीले खोजेको व्यवस्थाअन्तर्गत हामीले हाम्रो प्रतिनिधिमार्फत लेखेको संविधानबाट शासन व्यवस्था सञ्चालन गर्न सफल भएको बताए ।

मुख्यमन्त्री पौडेलले शहीदले देखाएको सत्य र न्यायको बाटोमा अविराम लाग्ने प्रतिबद्धता व्यक्त गर्दै शहीदप्रति श्रद्धाञ्जलि व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस