बीबीसीको समाचार शाखाका ४५० जनाको जागिर गुम्यो « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

बीबीसीको समाचार शाखाका ४५० जनाको जागिर गुम्यो


१६ माघ २०७६, बिहिबार


लण्डन । बेलायती प्रसारण संस्था बीबीसीका ४५० जनाको रोजगारी गुमेको छ ।

खर्च कटौती गर्ने योजना र स्रोत तथा दर्शकहरुको आवश्यकता बदलिएको भन्दै बीबीसीले उनीहरुलाई अवकास दिइएको जनाएको छ ।

बीबीसीले बुधबार गरेको घोषणा अनुसार लामो अनुसन्धान र छलफलपछि कर्मचारी कटौती गर्ने अप्रिय निर्णय गर्नु परेको हो ।

‘बीबीसीले आफ्ना दर्शक तथा स्रोताको नयाँ चाहना र आवश्यकताका कारण नयाँ चुनौती सामना गर्नु परेको छ, त्यही अनुसार हामीले पनि नयाँ कदमहरु चाल्न थालेका छौँ,’

बीबीसीका समाचार तथा समसामयीक मामिला प्रमुख फ्रान अनस्वार्थले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस