२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बङ्गलादेशी नागरिकद्वारा आफ्नै साथीको हत्या

अ+ अ-

काठमाडौँ । बुधबार काठमाडौंमा एक बंगलादेशी नागरिकको हत्या भन्ने समाचार आयो । हत्या एक हप्ता अगाडि भएको रहेछ तर बुधमार मात्रै सार्बजनिक गरियो घटना । सोल्टीमोडस्थित होटल ग्राण्ड भिलाको ११४ नम्बर कोठामा एक बङ्गलादेशी नागरिकको शव टाउकोमा चोट लागेको अवस्थामा भेटिएको प्रहरीले पुष्टि गरेको छ । घटना उनको आफ्नै साथीले गराएको वुझिएको छ ।

बंगलादेशी नागरिक माहिदिन अहमादर दुला मियाँ सँगै नेपाल आएको र दुला मियाँले आफ्नै साथी माहिदिन अहमदको हत्या गरेर फरार भएको महानगरीय प्रहरी वृत्त कालीमाटीले जनाएको छ । सूचना ढीलो आएका कारण हत्या गरेर फरार रहेका व्यक्ति भने सीमा पार गरिसकेको वृत्तका प्रमखु प्रहरी नायब उपरीक्षक रुगम कुँवरले बताएका छन् ।

प्रहरी नायब उपरीक्षक कुँवरका अनुसार हत्यामा आर्थिक विषय जोडिएको आशङ्का गरिए पनि यकिन हुन सकेको छैन । अहमद सन् २०१५ देखि नेपाल आउजाउ गर्थे । उनी विभिन्न होटलको क्यासिनोमा जान्थे । यसपाली उनीहरु यही माघ ६ गते जनवरी २० तारिखमा पछिल्लो पटक नेपाल आएका थिए । हिमालय एयरलाइन्सको सिट १० को वि र सीमा बसेर उनीहरु आएको खुलेको छ ।

एउटै कोठाको एउटै बेडमा बसेका व्यक्तिले भोलिपल्ट २१ तारिखमा टाउकामा बोतलले हानेर हत्या गरेको देखिएको कुँवरले जानकारी दिए । मारेर फरार भएपछि जनवरी २२ तारिख साँझ ४ः१५ बजे मात्रै प्रहरीलाई जानकारी आएको थियो । त्यो बेला अपराधी भारत फरार भइसकेका थियो ।

प्रारम्भिक अनुसन्धानमा उसलाई कसैले मार्न लगाएको देखिएको उनले बताए । उनीहरुका आफन्तले पनि सोही आशङ्का गरेका छन् । आवश्यक अनुसन्धान पूरा गरी तीन दिनअघि नै आफन्तले शव लिएर गइसकेका छन् ।

उनी क्यासिनोका नियमित ग्राहक भएको बुझिएको छ । होटलमा दैनिक १५ सयमा भाडामा बसेका उनी ट्राभल एजेन्सी भएको खुल्न आएको छ ।

प्रहरीले घटना थाहा पाउँदा मियाँ भने रक्सौल हुँदै फरार भएको पाइएको प्रहरी अनुसन्धानमा खेलेको छ । खाटमा सिरक ओढाएर सुतिरहेको जस्तो बनाएर शव राखिएको अवस्थामा फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस