यी हुन् ‘कोरोना भाइरस’को परीक्षण हुने काठमाडौंका पाँच अस्पताल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

यी हुन् ‘कोरोना भाइरस’को परीक्षण हुने काठमाडौंका पाँच अस्पताल


१५ माघ २०७६, बुधबार


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कोरोना भाइरस’ संक्रमण भए/नभएको बारे जानकारीका लागि काठमाडौँ उपत्यकाका पाँच अस्पतालबाट परीक्षण शुरु गरिएको जनाएको छ ।

बुधबार मन्त्रालयले पत्रकार सम्मेलन गरी अस्पतालहरुको निगरानीका लागि डा. गुणराज लोहनीको नेतृत्वमा अनुगमन टोली गठन गर्न लागेको समेत जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले शुक्रराज ट्रपिकल तथा सरुवा रोग, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, वीर अस्पताल, भक्तपुर अस्पताल र सैनिक अस्पताललाई कोरोनाभाइरसको उपचार गराउने ‘हब’ अस्पतालको रुपमा छुट्याइएको जानकारी दिए ।

उनले काठमाडौंका अरु १३ वटा अस्पताललाईसमेत कोरोना भाइरस संक्रमणको परीक्षण तथा उपचारका लागि छुट्याइएको जानकारी दिए । सामान्य रुघाखोकी लाग्दैमा डराउनु नपर्ने भन्दै प्रवक्ता श्रेष्ठले कोरोनाभाइरस परीक्षणका लागि बुधबार एक जना बिरामी पनि अस्पताल भर्ना नभएको जानकारी दिए ।

कोरोना भाइरसको लक्षण दुईदेखि १० दिनभित्र देखिसक्ने भन्दै मन्त्रालयले चीनबाट फर्किएका मानिसहरुलाई बढी निगरानीमा राखिने जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस