सुनको मूल्य घट्यो, आज तोलाको कति ? « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सुनको मूल्य घट्यो, आज तोलाको कति ?


१५ माघ २०७६, बुधबार


स्थानीय बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनको भाउ प्रतितोला रु ४०० ले घटेको छ ।

महासंघले छापावाला सुनको मूल्य प्रतितोला रु ७५ हजार ६०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७५ हजार ३०० कायम गरेको छ । मङ्गलबार सुनको मूल्य स्थिर थियो ।

सोमबार र मङ्गलबार छापावाला सुन प्रतितोला रु ७६ हजार र तेजाबी सुन प्रतितोला रु ७५ हजार ७०० मा खरीदबिक्री भएको थियो । सुनको मूल्य घटेसँगै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । आज चाँदी प्रतितोला रु १५ ले घटेर रु ८७० पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस