भारतमा बस दुर्घटना, ७ जनाको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भारतमा बस दुर्घटना, ७ जनाको मृत्यु


१५ माघ २०७६, बुधबार


नयाँदिल्ली । भारतको पूर्वी राज्य उडिसामा एउटा यात्रुबाहक बस दुर्घटना हुँदा बसमा यात्रारत कम्तीमा सात जनाको मृत्यु हुनुका साथै ४० जना घाइते भएका छन् ।

प्रहरीका अनुसार उडिसाको गनजम जिल्लाको तप्तपानी इलाकाको पहाडी क्षेत्रमा गुडिरहेको बस एकाएक खोल्सामा झरेको थियो ।

बुधबार राति करिब ३.३० बजे उक्त दुर्घटना भएको थियो । घाइतेहरुलाई स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ ।

भारतमा हरेक दिन सवारी दुर्घटनाका कारण ४०० भन्दा बढी मानिसको मृत्यु हुने गरेको छ ।रासस/सिन्ह्वा

Tags :
प्रतिक्रिया दिनुहोस