२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दिक्तेलमा कम्पोष्ट मल तथा वायोग्यास उद्योगको निर्माण अन्तिम चरणमा

अ+ अ-

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सञ्चालन गर्न लागिएको कम्पोष्ट मल तथा वायोग्यास उद्योगको काम अन्तिम चरणमा पुगेको छ ।

पन्ध्र वडा रहेको यस नगरपालिकालाई पूर्णरुपमा अर्ग्यानिक नगर बनाउने उद्देश्यले सुरु गरिएको उक्त निर्माणाधीन कम्पोष्ट मल तथा वायोग्यास उद्योगका लागि आवश्यक मेसिन जडान यसै महिना सकिने र त्यसपछि कम्पोष्ट मल र वायोग्यास उत्पादन सुरु हुने जनाइएको छ ।

उद्योगका लागि विद्युत्बाहेक सबै संरचना निर्माणको काम सम्पन्न भइसकेको र यही माघको अन्तिमसम्ममा सञ्चालनमा ल्याउने तयारी भएको नगरप्रमुख दीपनारायण रिजालले बताए । ‘विद्युत्को पोल, तार तथा ट्रान्सफर्मरलगायतका सबै सामान तयार गरी जडानको काम धमाधम भइरहेको छ’, उनले भने, ‘विद्युत्को काम सकिनासाथ उद्योगबाट कम्पोष्ट मलका साथै वायोग्याँस उत्पादन सुरु हुन्छ ।’

नगरपालिकाले आगामी पाँच वर्षभित्र नगरक्षेत्रलाई पूर्ण अर्ग्यानिक बनाउन यो योजना सञ्चालन गरिएको नगरप्रमुख रिजालले बताए । ‘आगामी पाँच वर्षभित्र नगरक्षेत्रलाई पूर्ण अर्ग्यानिक बनाइनेछ’, उनले भने, ‘यसका लागि नेपाल सरकारले दिने विशेष अनुदानवापतको रु तीन करोड ३२ लाख लगानी गरिएको छ ।’

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजार तथा आसपासको फोहरलाई प्रशोधन गरेर कम्पोष्ट मल उत्पादन गर्ने तथा मानव मलमूत्रलाई प्रयोग गरेर वायोग्यास उत्पादन गर्दै अर्ग्यानिक नगर बनाउने अभियान थालिएको नगरप्रमुख रिजालले बताए । ‘उत्पादित ग्यासलाई सिलिण्डरमा भरेर भान्छामा उपयोग गर्ने र बाँकी रहेको फोहरमैलालाई मलकै रूपमा प्रयोग गर्ने योजना बनाएका छौँ’, उनले भने, ‘यसले नगरपालिकालाई स्वच्छ र सफा राख्न मद्दत गर्नुका साथै अर्ग्यानिक नगर बनाउन टेवा पुग्नेछ ।’

उद्योगका लागि काठमाडौंस्थित पर्मा कल्चर समूहले सामग्री ढुवानी र जडानको जिम्मा लिएको नगरपालिकाले जनाएको छ । चीनमा बनेको उक्त मेसिनले प्रतिघण्टा एक टन कम्पोष्ट मल उत्पादन गर्ने प्राविधिक गणेश सिङ्केमनले बताए ।

कम्पोष्ट मल उत्पादनपछि नगरक्षेत्रमा अर्ग्यानिक अभियान सुरु हुने र पूर्णरुपमा रासायनिक मललाई रोक लगाइने नगरप्रमुख रिजालले बताए । ‘उद्योगबाट उत्पादित कम्पोष्ट मल प्रयोग गर्दै नगरक्षेत्रमा पूर्णरुपमा अर्ग्यानिक कृषि उत्पादन गरेर विश्वबजारसम्म पु¥याउने लक्ष्य राखिएको छ’, उनले भने, ‘यसले नगरपालिकाको आर्थिक समृद्धिमा समेत सघाउ पुग्ने अपेक्षा गरिएको छ ।’

१० स्थानीय तह रहेको जिल्लाको सबैभन्दा ठूलो यस नगरपालिकाका थुप्रै वडा यसअघि नै अर्ग्यानिक वडा भइसकेका छन् । नगरपालिकाको वडा नं ९ निर्मलीडाँडा, १० पाथेका, ११ खार्मी, १२ जालपा, १३ नुनथलालगायतका वडा अग्र्यानिक बनिसकेकाले अब अन्य वडासमेत पूर्णरूपमा अर्ग्यानिक बन्ने प्रक्रियामा रहेको जनाइएको छ ।

कम्पोष्ट मलको विकल्पविना पूर्णरुपमा अर्ग्यानिक बनाउन नसकिने भएकाले कम्पोष्ट मल उत्पादन सुरु गरिएको नगरपालिकाले जनाएको छ । विशेष प्राथमिकताका साथ अघि सारिएको अर्ग्यानिक नगर बनाउने अभियानअन्तर्गत यसअघि सम्बन्धित सरोकारवाला व्यक्तिसँगको सहभागितामा रासायनिक मल तथा विषादी प्रयोगले मानव स्वास्थ्यमा पार्ने असरका विषयमा छलफल तथा अन्तरक्रियासमेत गरिएको थियो ।

जिल्लाको सदरमुकामसमेत रहेको नगरपालिकालाई व्यवस्थित ढङ्गले अर्ग्यानिक नगर बनाउने अभियानअन्तर्गत रासायनिक मलको अनुदानमा रोक लगाउँदै कम्पोष्ट प्लान्टको विकल्प सँगसँगै अघि सारिएको नगरप्रमुख रिजालले बताए । नगर कार्यपालिका सदस्य गङ्गाबहादुर विश्वकर्माले निःशुल्क उपलब्ध गराएको जग्गामा कम्पोष्ट मल तथा वायोग्यास उद्योग सञ्चालन गर्न लागिएको बताए । रासस

प्रतिक्रिया दिनुहोस