नवनिर्वाचित सभामुखलाई बधाई दिँदै प्रधानमन्त्रीले भने : अनुमोदनको प्रतीक्षामा रहेका एमसीसी पारित गर्नुछ « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

नवनिर्वाचित सभामुखलाई बधाई दिँदै प्रधानमन्त्रीले भने : अनुमोदनको प्रतीक्षामा रहेका एमसीसी पारित गर्नुछ


१४ माघ २०७६, मंगलबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख चयनमा विलम्ब भएको स्वीकार गरेका छन् ।

तर अब सरकार र संसदले पनि आफ्नो काम तीव्र गतिमा अगाडि बढाउनुपर्नेमा उनले जोड दिएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई शुभकामना दिने क्रममा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)संसदीय दलका नेता समेत रहेका ओलीले भने, ‘अलिकति विलम्ब भइसक्यौं । सभामुख चयनमा पनि विलम्ब भयो । अब हुनु हुँदैन ।’

थुप्रै विधेयकहरु पारित गरेर ऐन निर्माण गर्नुपर्ने भन्दै उनले अघि भने, धेरै अगाडि देखि विभिन्न चरण पार गर्दै आएको, ६/७ जना प्रधानमन्त्री गुजारेको र अनुमोदनको प्रतीक्षामा रहेका एमसीसी पारित गर्नुछ ।’

यस्ता अनेक विषयमा अर्को पटक सविस्तार सदनलाई सम्बोधन गर्ने उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस