पार्टीले दिएको जिम्मेवारीअनुसार पुरानै काममा फर्कन्छु : डा. तुम्बाहाम्फे « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

पार्टीले दिएको जिम्मेवारीअनुसार पुरानै काममा फर्कन्छु : डा. तुम्बाहाम्फे


१३ माघ २०७६, सोमबार


चरिकोट । पूर्वउपसभामुख डा. शिवमाया तुम्वाहाम्फेले पार्टीले दिएको जिम्मेवारीअनुसार अब पार्टीको पुरानै काममा फर्कने बताएकी छन् ।

दोलखा आएकी पूर्वउपसभामुख तुम्वाहाम्फेले आज चरिकोटमा सञ्चारकर्मीसँग कुरा गर्दै उपसभामुखमा राजीनामा दिएसँगै अब पार्टीले दिएको जिम्मेवारीअनुसार पार्टीको काममा लाग्ने बताइन् ।

आफू उपसभामुख रहँदा पार्टीको गतिविधिमा सहभागिता नभए तापनि लामो समयदेखि पार्टीको विभिन्न जिम्मेवारी लिइ काम गरेको अनुभव रहेको र पुनः पार्टीले दिएको जिम्मेवारीअनुसार आफू काम गर्न तयार रहेको उनले बताइन् ।रासस

Tags :
प्रतिक्रिया दिनुहोस