शहीद स्मारक ‘ए’ डिभिजन फुटबल : पुलिस विजयी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

शहीद स्मारक ‘ए’ डिभिजन फुटबल : पुलिस विजयी


१३ माघ २०७६, सोमबार


काठमाडौं । राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आजदेखि शुरु भएको नवौं चरणको पहिलो खेलमा पुलिस सशस्त्र प्रहरी बल–एपिएफ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो ।

पुलिसको जित कप्तान भोलानाथ सिलवाल नायक बने । उनले खेलको १३ औँ मिनेटमा गरेको एक गोल नै पुलिसको लागि निर्णायक गोल सावित भयो । कप्तान भोलाले पेनाल्टीमार्फत गोल गरेका हुन् । रवि पासवानको कर्नरमा एपिएफका राजन गुरुङले पुलिसका भरत साहलाई धकेलेपछि रेफ्री प्रकाशनाथ श्रेष्ठले पुलिसलाई पेनाल्टी दिएको थियो । सोही अवसरलाई सदुपयोग गर्दै कप्तान भोलाले गोल गरेका थिए ।

खेलमा पुलिसका सौजन राई म्यान अफ दि म्याच घोषित भए । जितसँगै पुलिस लिगको पाँचौं स्थानमा उक्लिएको छ । पुलिसले नौ खेलमा १४ अङ्क जोडेको छ । त्यस्तै पराजित एपिएफ ९ खेलमा ५ अङ्क जोडेर अङ्क तालीकाको १३औँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस