सानेपामा नेविसंघका विद्यार्थी नेताबीच झडप « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सानेपामा नेविसंघका विद्यार्थी नेताबीच झडप


१३ माघ २०७६, सोमबार


काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको दुई समूहबीच झडप भएको छ । कांग्रेस पार्टी कार्यालय सानेपामा नेविसंघका दुई समूहबीच झडप भएको हो ।

कांग्रेस सभापति शेरबहादुर दउवा पार्टी कार्यालय पुगेलगत्तै नयाँ कार्यसमिति गठन गर्दा उमेर हद लागु गर्न माग गर्दै अनशन बसेका विद्यार्थीले नाराबाजी गरेका थिए । उनीहरुले विधान कार्यान्वयन गर भन्दै नारा लगाएका थिए ।

शुक्रबार नेपाली कांग्रेसका नेताहरुबिच नेविसंघमा १२७ जनाको तदर्स समिति हुने सहमति भएको थियो । नेविसंघको अध्यक्षमा विद्यार्थी नेता राजीव ढुंगानाको नाममा सहमति भएको छ । त्यसैगरि अन्य नामहरुको टुंगो भने आ–आफ्नो समुहमा छलफल गरि सोमबार बस्ने कांग्रेस केन्दीय कार्यसमितिको बैठकबाट अनुमोदन गर्ने तयारी छ ।

झडप संस्थापन पक्ष र कुन्दन काफ्ले पक्षका विद्यार्थी नेताबीच भएको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस