नवनियुक्त सभामुख सापकोटाले गरे पदभार ग्रहण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नवनियुक्त सभामुख सापकोटाले गरे पदभार ग्रहण


१३ माघ २०७६, सोमबार


काठमाडौं । प्रतिनिधिसभाका नवनियुक्त सभामुख अग्‍निप्रसाद सापकोटाले पदभार ग्रहण गरेका छन्। सोमबार बिहान शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएपछि सभामुख सापकोटाले सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन्।

पदभार ग्रहणसँगै सभामुख सापकोटाले प्राथमिकताका आधारमा काम अघि बढाउने प्रतिक्रिया दिएका छन्। सभामुख सापकोटाले भने, ‘काम अगाडि बढ्दै जाँदा तपाईँहरूले कति काम हुन्छ थाहा पाउनु हुनेछ।’

प्रतिनिधिसभाको सभामुखमा सापकोटाको मात्र उम्मेदवारी परेपछि उनी आइतबार निर्विरोध निर्वाचित भएका हुन्। नेकपा संसदीय दलका नेता सुवास नेम्वाङ, राजपाका लक्ष्मणलाल कर्ण र पूर्व सभामुख ओनसरी घर्तीमगरले उनको समर्थन गरेका थिए।

प्रतिनिधिसभाले झन्डै चार महिनापछि सभामुख पाएको छ। तत्कालिन सभामुख कृष्णबहादुर महरा बलात्कारको अभियोगमा जेल गएपछि सभामुख पद रिक्त रहेको सभामुख पदमा समापकोटा निर्विरोध निर्वाचित भए ।

Tags :
प्रतिक्रिया दिनुहोस