चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो


१३ माघ २०७६, सोमबार


एजेन्सी । चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८० पुगेको छ। दुई हजार ७ सय ४४ जनामा कोरोना भाइरसको नयाँ संक्रमणको आशंका गरिएको छ ।

सोमबार बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार संक्रमितमध्ये ४६१ जनाको अवस्था गम्भिर रहेको स्वास्थ्य अधिकारीले जनाएका छन् ।

पाँच हजार ७९४ जनालाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ।

कोरोना भाइरसका कारण मृत्यु हुने अधिकांश उहान र हुबेई प्रान्तका छन्।

यसैबीच अन्य देशहरुमा पनि कोरोनाका संक्रमितहरु लगातार बढ्दै गएका छन्। थाइल्याण्डमा आठजना कोरोना भाइरस संक्रमित भेटिएको त्यहाँका उपप्रधान एवं जनस्वास्थ्यमन्त्री अनुतिन चार्नविराकुलले पुष्टि गरेका छन्।

तीमध्ये पाँचजना उपचारपछि घर फर्किएका छन् भने तीनजनाको उपचार भइरहेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार चीनबाहेक एक दर्जनबढी देशमा कोरोना भाइरसको संक्रमण देखिएको छ।

अस्ट्रेलियामा तीनजना, हङकङमा आठजना, जापानमा चारजना, मकाउमा पाँचजना, मलेसियामा चारजना, सिंगापुरमा चारजना, दक्षिण कोरियामा तीनजना, ताइवानमा चारजना, अमेरिकामा पाँचजना र भियतनाममा दुईजनामा कोरोना भाइरस पुष्टि भएको छ।

नेपालमा पनि एकजनामा कोरोना भाइरस पुष्टि भएको अधिकारीहरुले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस