कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै


१३ माघ २०७६, सोमबार


काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज(सोमबार) बस्दैछ ।

पार्टीको १४औं महाधिवेशनको आन्तरिक कार्यतालिका संशोधनसहितको प्रस्ताव केन्द्रीय समिति बैठकमा पेश हुने कांग्रेसले जनाएको छ ।

महाधिवेशनको कार्यतालिकाको विषयलाई लिएर कांग्रेसभित्र चुलिएको आन्तरिक विवाद शीर्ष नेताको बैठकले टुंग्याएपछि केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

यसअघि केन्द्रीय समिति बैठक बहिस्कार गर्दै आएको संस्थापन इतर समूह पनि आजको बैठकमा सहभागी हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् ।

अर्को वर्ष फागुन ७ देखि १० गते महाधिवेशन गर्ने मिति यतावत् राखेर आन्तरिक कार्यतालिका संशोधन गर्ने सहमति शीर्ष नेताबीच भएपछि आज बस्ने बैठकमा संशोधित कार्यतालिका पेश हुनेछ ।

शुक्रबार बसेको शीर्ष नेताले बैठकले आन्तरिक कार्यतालिका परिमार्जन गरी प्रस्ताव पेश गर्न महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्कालाई जिम्मेवारी दिएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस