आगोमा जलेर अनिताकुमारीको मृत्यु, श्रीमान् पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आगोमा जलेर अनिताकुमारीको मृत्यु, श्रीमान् पक्राउ


प्रशासन संवाददाता

१२ माघ २०७६, आइतबार


लहान । आगोमा जलेर घाइते सिरहाको औरही गाउँपालिका–५ औरही नवटोलकी २७ वर्षीय अनिताकुमारी यादवको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ ।

गत शुक्रबार राति खाना पकाइरहेका बेला अचानक शरीरमा आगो लागेर घाइते भएकी अनिताको काठमाडौँको कीर्तिपुर मोडेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैबीच अनिताको मृत्यु रहस्यमय रहेको भन्दै प्रहरीले अनिताका पति विनोद यादवलाई पक्राउ गरेको छ । घटना शङ्कास्पद भएकाले अनिताका श्रीमान् विनोदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक विनोदकुमार घिमिरेले जानकारी दिए ।

स्थानीयवासीले घटना भएको घरमा मट्टितेलको बोतल भेटिएकाले घटना शङ्कास्पद भएको बताएका छन् । वैदेशिक रोजगारीबाट करिब तीन महिनाअघि मात्र आएका विनोद र अनिताबीच पछिल्लो केही दिनदेखि सम्बन्ध राम्रो नरहेको स्थानीयवासीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक घिमिरेले बताए ।रासस

प्रतिक्रिया दिनुहोस