चन्द्रनिगाहपुरको सडकमा शंकास्पद वस्तु भेटियो, बम भएको आशंका « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

चन्द्रनिगाहपुरको सडकमा शंकास्पद वस्तु भेटियो, बम भएको आशंका


१२ माघ २०७६, आइतबार


रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा शंकास्पद वस्तु फेला परेको छ ।

चन्द्रनिगाहपुर गौर सडकको नेपाल बैंक अगाडि एउटा ब्याग र बोरा बिहानैदेखि देखिएपछि प्रहरीले बम रहेको आशंका गरेको छ ।

शंकास्पद रहेको स्थानलाई घेरा हालेर राखिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी हेमबहादुर शाहीले बताए ।

डिष्पोजल टोली गौरबाट आउन केही समय लाग्ने भएका कारण सो शंकास्पद बस्तु भएको स्थानमा सर्बसाधारणलाई जान दिइएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस