त्रिभुवन आर्मी शीर्षमा, मछिन्द्र र मनाङ मर्स्याङ्दी पछ्याउँदै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

त्रिभुवन आर्मी शीर्षमा, मछिन्द्र र मनाङ मर्स्याङ्दी पछ्याउँदै


१२ माघ २०७६, आइतबार


काठमाडौं । कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आठौं चरणका खेल सम्पन्न भएका छन्।

आठौं चरण सकिँदा त्रिभुवन आर्मी क्लब १७ अंकसहित शीर्ष स्थानमा छ। आर्मीले ५ खेलमा जित, २ मा बराबरी खेल्दा १ मा हारको सामना गरेको छ।

यसअघि सातौं चरण सकिँदा आर्मी शीर्ष स्थानमै थियो।

अंकतालिकामा मछिन्द्र र मनाङ मस्र्याङ्दी क्लब समान १६ अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। थ्री स्टार १४ अंकसहित चौथो स्थानमा रहँदा न्युरोड टिम (एनआरटी) १२ अंक बटुलेर पाँचौं स्थानमा छ। समान अंकसहित जाउलाखेल युथ र संकटा क्लब क्रमशः छैटौं र सातौं स्थानमा छन्।

यस्तै, नेपाल पुलिस ११ अंकसहित आठौं, च्यासल युथ ९ अंकसहित नवौं स्थानमा रहँदा बिग्रेड ब्वाइज र फ्रेन्ड्स क्लब समान ८ अंकसहित क्रमशः दसौं र एघारौं स्थानमा छन्।
अंकतालिकामा हिमालयन शेर्पा ७ अंक बटुलेर बाह्रौ, एपीएफ ५ अंकसहित तेह्रौं स्थानमा छ। पुछारको सरस्वती युथ क्लब १ अंक मात्रै बटुल्न सकेको छ।

प्रतिक्रिया दिनुहोस