गाउँपालिका कार्यालयमा बम विस्फोट, कार्यालय नजिकै राखिएको सुतली बम सेनाद्वारा डिस्पोज « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गाउँपालिका कार्यालयमा बम विस्फोट, कार्यालय नजिकै राखिएको सुतली बम सेनाद्वारा डिस्पोज


११ माघ २०७६, शनिबार


विराटनगर । मोरङको केराबारी गाउँपालिकाको कार्यालयमा गएराति अज्ञात समूहले बम विस्फोट गराएको छ । नजिकै भेटिएको सुतली बम सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ । शनिबार बिहान गाउँपालिकाको कार्यालयबाट ५० मिटर उत्तरमा भटिएको बम डिस्पोज गरिएको हो ।

गएराति करिब १० बजेतिर बम विस्फोट गराएको गाउँपालिका अध्यक्ष रोहित कार्कीले बताएका छन् । बम विस्फोटबाट कार्यालयसँगै छिमेकीको घरमा पनि क्षति पुगेको जनाइएको छ । कार्यालयको जेनेरेटर, पर्खाल, झ्याल, सीसी क्यामेरा, १० वटा झ्याल तथा ढोका, कार्यालय नजिकै राखिएको स्थानीयको एउटा स्कुटर तथा वरपरका घरका सिसाहरुमा क्षति पुगेको छ । विष्फोटमा २० लाख बढीको क्षति पुगेको प्रहरीको अनुमान छ।

कार्यालयदेखि ५० मिटर उत्तरमा शनिबार बिहान बम भेटिएको थियो । सो बम सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बम भेटिएपछि स्थानीय त्रसित बनेका थिए । समयमै सेनाको टोलीले डिस्पोज गर्न सकेको कारण कुनै पनि क्षति हुन पाएन ।

विस्फोट कसले र किन गराएको भन्ने खुल्न सकेको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस