स्थानीय सरकारका आफूखुसी बिदा : ल्होसारमा तीन दिन, छैन एकरुपकता « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

स्थानीय सरकारका आफूखुसी बिदा : ल्होसारमा तीन दिन, छैन एकरुपकता


११ माघ २०७६, शनिबार


काठमाडौँ । गाउँपालिकाहरूले बिदा दिने विषयमा प्रतिस्पर्धा सुरु भएको छ । के के मा बिदा दिने भन्ने मात्रै होइन, कुन कुन दिन दिने भन्नेमा समेत एकरुपकता छैन ।

पाँच पोखरी थाङपाल गाउँपालिका सिन्धुपाल्चोकले बुधवार एक सूचना प्रकाशित गर्दै थाङपाल गाउँपालिकाको एक प्रमुख पर्व सोनाम ल्होसारको उपलक्ष्यमा भन्दै १०, ११ र १२ गते तीन दिने बिदा दिने निर्णय गरेको छ ।

त्यसैगरी हेलम्बु गाउँपालिकाको कार्यालयले ११, १२ र १३ गते सार्वजनिक बिदाको घोषणा गर्दै सबै सरकारी कार्यालय, शिक्षण संस्था तथा सम्बन्धित निकायहरूमा पर्व बिदा दिने निर्णय गरेको छ ।

एउटै जिल्लामा समान दिन नभई पाँच पोखरीले १० गतेदेखि नै बिदा दिएको छ भने हेलम्बुले ११ देखि तीन दिन बिदाको घोषणा गरेको छ ।

स्थानीय तहहरूले विभिन्न स्थानीय चाडपर्व तथा अवसरमा आफूखुसी विदा दिन थालेका छन् । सङ्घीय सरकारको पूर्व घोषित क्यालेण्डरविपरित छुट्टाछुट्टै बिदा दिनु कति ठिक कति बेठिक भन्ने विषयमा आ–आफ्नै तर्क वितर्क रहे पनि मनोमानी रूपमा सार्वजनिक रूपमा बिदा दिनु कदापि ठिक हुन सक्दैन ।

नेपालको संविधान २०७२ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा स्थानीय तहको काम, कर्तव्य र अधिकारअन्तर्गत सार्वजनिक बिदा दिन पाउने व्यवस्था उल्लेख छैन। तर, बिदा दिन नपाइने पनि भनेको छैन। यसैको फाइदा उठाउँदै एउटै पर्वमा घटी बढी र फरक फरक दिन बिदा दिने निर्णय गरेको देखिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस