२५ हजार घुससहित कुलेश्वरबाट २ जना पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

२५ हजार घुससहित कुलेश्वरबाट २ जना पक्राउ


१० माघ २०७६, शुक्रबार


अख्तियार

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कुलेश्वर, काठमाडौ विद्युत वितरण केन्द्रमा ज्यालादारीमा कार्यरत कृष्ण मुरारी चौधरीसहित दुई जना २५ हजार घुससहित पक्राउ परेका छन् ।

बिजुलीको पोल राखिदिने बिषयमा सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले उनी र बिजुलीको पोल सार्ने सम्बन्धी काम गर्ने पुरुषोत्तम दाहाललाई पक्राउ गरेको हो ।

उनीहरुलाई घुस रकम लिँदै गर्दाको अवस्थामा कुलेश्वरस्थित गुडफुड तन्दुरी अगाडीबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ । उनीहरुमाथि अनुसन्धान भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस