२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अव भन्सार प्रशासनले क्यासको कारोबार गर्दैन : महानिर्देशक दाहाल

अ+ अ-

काठमाडौँ । भन्सार विभागले भन्सार क्यासलेस भएको जनाएको छ ।

पहिले पहिले भन्सारमा नगदी रसिद तिरेर जाँच पास हुने गरेकोमा अहिले सबै भन्सारमा बैङ्किङ प्रणालीबाट भुक्तानी हुने गरेको विभागका महानिर्देशक सुमन दाहालले बताएका छन् ।

अव भन्सार प्रशासनले क्यासको कारोबार गर्दैन, विभागका महानिर्देशक दाहालले भने, अझ बैङ्कसम्म पनि पुग्नु नपर्ने गरी डिजिटल पेमेन्टको काममा मन्त्रालय, राष्ट्र बैङ्क लगायत निकायसँग समन्वय भइरहेको छ ।

६८ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै विभागका महानिर्देशक दाहालले भन्सार क्षेत्रमा निकै ठुलो परिवर्तन भइसके पनि त्यसको प्रचारप्रसार हुन नसक्दा भन्सारप्रति जनताको दृष्टिकोण परिवर्तन हुन सकेको बताएका छन् । ।

महानिर्देशक दाहालले भन्सारको क्षेत्रमा प्रविधिले कर्मचारीहरूको सहभागिता शून्य गराउँदै लैजाने बताउँदै यो प्रणालीले करका दर, विनिमय दर लगायतसँग स्वचालित रूपमा जोडिएर सोही दरका आधारमा मूल्याङ्कन गर्ने बताए ।

दाहालले भन्सार अहिले क्यासलेसु भइसकेको भन्दै अब पेपरलेस हुने प्रक्रिया समेत अघि बढेको बताए । भन्सार विभागसँग आफ्नै जोखिम व्यवस्थापन प्रणाली भएको भन्दै उनले यसका लागि भन्सार विभागले विश्वमा प्रयोग भइरहेका अत्याधुनिक प्रणालीको प्रयोग गरिरहेको बताए ।

प्रविधिलाई प्रयोगमा ल्याएपछि अहिले पनि जाँच पास भएका आधा भन्दा बढी सामान छुनै नपर्ने अवस्था रहेको उनको भनाइ छ ।

‘हामीलाई यति धेरै सामान हातले छामेर कसरी जाँच पास गरिभ्याउँछौँ भन्छन्, तर वास्तविकता त्यस्तो होइन, आधाभन्दा बढी सामानको जाँच पास मेसिनले नै गर्छ ।’ दाहालले भने ।

विदेशमा निकासी तथा पैठारीमा हुने भन्सार जाँच पासमा झन्झट रहेको भन्दै सेवाग्राहीले गुनासो गरिरहेको बेला भन्सार विभागले भन्सार जाँच पास अत्याधुनिक प्रविधिको प्रयोगद्वारा हुने भएकोले त्यस्तो काममा कर्मचारीले चाहँदैमा सेवाग्राहीले दुःख पाउन नसक्ने दाबी गरेको हो ।

प्रतिक्रिया दिनुहोस